प्राइमसँग समाहित हुन लागेको कैलाशले कति कमायो नाफा?

Feb 12, 2020 08:37 AM Merolagani

प्राइम कमर्सियल बैंक लिमिटेडले एक्वायर गर्न लागेको कैलाश विकास बैंक (KBBL) चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २ करोड ११ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २९ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफामा सुधार भएको हो।

पुस मसान्तसम्ममा ३१ अर्ब ४३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २७ अर्ब ५५ करोड २१ लाख रुपैयाँ कर्जा परिचालन गरेको यस बैंकले सो अवधिसम्ममा ७३ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड ७७ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ करोड १४ लाख रुपैयाँ बढेर ४५ करोड २ लाख रुपैयाँ पुगेको छ। बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेका कारण सञ्चालन मुनाफा केही दबाब परेको देखिन्छ।

२ अर्ब ९२ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८८ करोड ३८ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा २३ करोड ५१ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६२ पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ रुपैयाँ ७७ पैसा कम हो। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी घटेको हो।

बैंकको प्रतिशेयर नेटवर्थ भने १३८ रुपैयाँ २७ पैसा रहेको छ। गत असार २२ गते प्राइमसँग १०० बराबर ९४ शेयर आदान प्रदान अनुपातमा एक्विजिशनमा जाने सम्झौता गरेको यस बैंकको शेयर कारोबार हाल दोस्रो बजारमा रोक्का रहेको छ। सम्झौता अघिको अन्तिम कारोबार मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात ९.४८ गुणा रहेको छ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा २३ करोड २६ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको यस बैंकको निष्क्रिय कर्जा ०.३७ प्रतिशत रहेको छ। त्यसैगरी, बैंकको कोषको लागत ८.७५ प्रतिशत, आधार दर ११.२६ प्रतिशत र स्प्रेड दर ४.५८ प्रतिशत रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।