‘ब्लु चिप’ कम्पनी युनिलिभरको नाफा घट्यो

Feb 12, 2020 09:38 AM Merolagani

नेपाली धितोबजार बजारमा ‘ब्लु चिप’ कम्पनीको संज्ञा पाएको युनिलिभर नेपाल लिमिटेड (UNL) को खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको बिक्री आम्दानी बढेपनि अन्य आम्दानीमा ह्रास आएसँगै खर्चहरु बढेपछि खुद नाफा घट्न पुगेको हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २४ करोड रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५६ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १० करोड ६६ लाख रुपैयाँ घटेर ३ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीको खर्च ३२ करोड ३० लाख रुपैयाँ बढेको छ। ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयरधनी कोषमा २ अर्ब ७२ लाख रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा एक हजार ३०३ रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ९७१ रुपैयाँमा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ दुई हजार २८० रुपैयाँ रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।