व्यवसाय विस्तारसँगै ज्योति विकास बैंकको नाफामा व्यापक सुधार

Feb 12, 2020 10:09 AM Merolagani

ज्योति विकास बैंक(JBBL)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २८ करोड ८ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११ करोड तीन लाख रुपैयाँ अर्थात ६४ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। व्यवसाय विस्तारमा जोड दिँदै खर्च र आम्दानीका सूचकलाई सन्तुलनमा राख्दा नाफा वृद्धि गर्न बैंक सफल भएको हो। 

पुस मसान्तसम्ममा २९ अर्ब ६८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २६ अर्ब ८४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिसम्ममा बैंकले ७३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ करोड दुई लाख रुपैयाँ अर्थात ५८ प्रतिशत धेरै हो। गत आवको पुस मसान्तसम्ममा बैंकले ४६ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४० करोड १३ लाख रुपैयाँ रहेको छ। बैंकको यो मुनाफा ६५ प्रतिशतले बढोत्तरी भएको हो। गत आवको यसै अवधिसम्ममा बैंकको यस्तो मुनाफा २४ करोड ३५ लाख रुपैयाँ रहेको थियो।

पुस मसान्तसम्ममा बैंकले २३ करोड ९७ लाख रुपैयाँ कर्मचारी खर्च र १४ करोड ५९ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ भने इम्पेरिमेन्ट चार्जका लागि ७ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ।

चुक्ता पूँजी तीन अर्ब ४९ करोड ५२ लाख रुपैयाँ रहेको यस बैंकको शेयरधनी कोषमा २२ करोड ७१ लाख रुपैयाँ र जगेडा कोषमा ५५ करोड ५४ लाख रुपैयाँ सञ्चित छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी बढेको छ। यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७ पैसा कायम भएको छ। यो गत आवको यसै अवधिको तुलनामा २ रुपैयाँ ९३ पैसाले बढी हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको वितरण योग्य नाफा १५ करोड ९३ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३९ पैसा छ भने मूल्य आम्दानी अनुपात १०.०२ गुणा छ।

बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको निष्किृय कर्जा अनुपातमा बढेको छ। गत आवको यसै अवधिमा ०.५९ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा अनुपात ०.२१ प्रतिशत विन्दु बढेर ०.८० प्रतिशत पुगेको छ। बैंकको आधार दर ११.२३ प्रतिशत र स्प्रेड दर ५.२८ प्रतिशत रहेको छ भने बैंकको कोषको लागत ८.३३ प्रतिशत रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।