स्वरोजगारले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने, स्वाप रेशियो कति?

Feb 12, 2020 10:13 AM Merolagani

स्वरोजगार लघुवित्त (SLBBL) ले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। बनेपामा मुख्य कार्यालय रहेको स्वरोजगार लघुवित्तले जनकपुरमा मुख्य कार्यालय रहेको जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने विषयमा माघ २८ गते, मंगलबार सम्झौता भएको हो।

स्वरोजगारले जनकपुर लघुवित्तलाई प्रतिकित्ता ७० रुपैयाँसम्मको स्वाप दिन गरी सम्झौता भएको छ। यद्यपी, डिडिए प्रतिवेदनका आधारमा शेयर स्वाप रेशियाेको अन्तिम निर्णय हुने स्वरोजगार लघुवित्तले जनाएको छ।

नेप्सेमा सूचीकृत स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख रुपैयाँ छ भने जनकपुर लघुवित्तको ३ करोड ४७ लाख ५० हजार रुपैयाँ छ।

जनकपुर लघुवित्तले हालसम्म सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशन गरेको छैन।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।