गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले दुई करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको सञ्चालन मुनाफामा भारी गिरावट आएसँगै बैंकको नाफा घटेको हो।
बैंकको निक्षेप संकलन तथा कर्जा परिचालनमा भने वृद्धि भएको छ। पुस मसान्तसम्ममा तीन अर्ब ५ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दुई अर्ब ९४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप ५२.७१ प्रतिशत र कर्जा ३३.३५ प्रतिशतले बढेको हो।
चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको बैंकको शेयरधनी कोषमा ६ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा ४ करोड १० लाख रुपैयाँ सञ्चित रहेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशत धेरै हो। गत आवको सोही अवधिसम्ममा बैंकले ६ करोड एक लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस अवधिमा बैंकको सञ्चालन मुनाफा एक करोड ४८ लाख रुपैयाँ छ। यो गत आवको पुस मसान्तको तुलनामा दुई करोड ३१ लाख रुपैयाँ अर्थात ६१ प्रतिशत घटेको हो।
गत आवको पुस मसान्तसम्ममा १.७२ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा अनुपात चालु आवको सोही अवधिसम्ममा ०.१४ प्रतिशत विन्दु घटेर १.५८ प्रतिशतमा झरेको छ।
यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ १७ पैसा कायम भएको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा छ भने मूल्य आम्दानी अनुपात ३०.७२ गुणा छ।