एनएमबि बैंकमा गाभिन लागेको कञ्चन डेभलपमेन्ट बैंकको नाफा ४ करोड

Feb 12, 2020 01:39 PM Merolagani

एनएमबि बैंकमा गाभिन लागेको कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। 

गत आर्थिक वर्षको यसै अवधिसम्ममा ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५० लाख रुपैयाँले नाफा बढाएको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सामान्य वृद्धि भएको छ। बैंककाे खुद ब्याज आम्दानी ११ करोड १० लाख रुपैयाँबाट बढेर १२ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५ करोड १४ लाख रुपैयाँबाट बढेर ५ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

बैंकले निक्षेप संकलन ५ अर्ब ५३ करोड रुपैयाँबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्‍याएको छ भने कर्जा लगानी ४ अर्ब ५२ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ८७ करोड रुपैयाँ पुर्‍याएको छ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात पनि केहि बढेको छ। गत आवको पुस मसान्तसम्ममा ०.८३ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ०.९३ प्रतिशत पुगेको छ।

हाल ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा ११ करोड ८३ लाख रुपैयाँ राखेको छ। दाेस्रो त्रैमाससम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.०२ गुणा रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।