स्टक डिलरको काम गर्न नागरिक लगानी कोषले खोल्यो छुट्टै कम्पनी, चुक्ता पूँजी पाँच अर्ब

Feb 12, 2020 06:26 PM Merolagani

सर्बसाधारणलाइ समेत साधारण शेयर जारी गर्ने गरी स्टक डिलरको काम गर्न नागरिक लगानी कोषले छुट्टै कम्पनी दर्ता गराएको छ ।बुधवार कम्पनी रजिष्टारको कार्यालयमा उसले 'नागरिक स्टक डिलर' नामक कम्पनी दर्ता गराएको हो ।

कम्पनीको चुक्ता पूँजी पाँच अर्ब रहेको नागरिक लगानी कोषले जनाएको छ । उक्त कम्पनीमा पूर्नबिमा कम्पनी र नेपाल टेलिकमले समेत लगानी गरेका छन् ।कम्पनीमा कोषले ५१ प्रतिशत, नेपाल टेलिकमको १० प्रतिशत र पूर्नबिमा कम्पनीको नौ प्रतिशत शेयर रहेको छ ।

कम्पनीमा कोषको दुई अर्व ५० करोड रुपैयाँ लगानी हुनेछ भने टेलिकमले ५० करोड लगानी गरेको छ । ४५ करोड रुपैयाँ पुर्नबीमा कम्पनीले लगानी गर्ने छ । बाँकी रहेको ३१ प्रतिशत रकम बराबरको शेयर कम्पनीले सर्वसाधारण मार्फत उठाउने योजना बनाएको छ । सर्वसाधारणकालागि एक अर्व ५५ करोड रुपैयाँ बराबरको शेयर कम्पनीले जारी गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गराए लगत्तै कोषले कम्पनी दर्ता गराएको हो । अब कोषले औपचारिक रूपमै स्टक डिलरको काम गर्ने छ । उसले कम्पनी खडा गरे लगत्तै नियामक निकायहरूमा स्टक डिलरको काम अघि बढाउन निवेदन दिने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।