प्रिमियरको खुद बीमाशुल्क घटेपनि खुद नाफा बढ्यो

Feb 13, 2020 10:05 AM Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रिमियर इन्स्योरेन्स (PIC) को खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। खुद बीमाशुल्कमा गिरावट आएपनि इन्स्योरेन्सको नाफा भने बढेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४१ करोड ५९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको खुद बीमाशुल्क चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४३ लाख रुपैयाँ घटेर ४० करोड १५ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ३ करोड ५ लाख रुपैयाँ बढेर ८ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबापत ११ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ भने लगानी, कर्जा तथा अन्य स्रोतबाट ४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ।

१ अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ करोड २ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको बीमा कोषमा ५४ करोड २ लाख र महाविपत्ती जगेडामा ४ करोड ९८ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको जारी बीमालेख सङ्ख्या ८१ हजार ८८४ रहेको छ भने कुल बीमाशुल्क आर्जन ९८ करोड २४ लाख रुपैयाँ रहेको छ। कम्पनीले सो अवधिसम्ममा ३ हजार ६४० दाबीबापत ५३ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ। त्यसैगरी इन्स्योरेन्सको ४ हजार १५० दाबीबापत १ अर्ब ६२ करोड ६९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६४ पैसा, मूल्य आम्दानी अनुपात २१.८८ गुणा र प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ४८ पैसा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।