ब्याज खर्च बढेसँगै कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा घट्यो

Feb 13, 2020 12:39 PM Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) को खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। बैंकले समीक्षा अवधिमा बढी ब्याज आम्दानी गरेपनि ब्याज खर्च बढेका कारण खुद ब्याज आम्दानीमा कमी आई खुद नाफा घट्न पुगेको हो।

 बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको नाफा ४ करोड ३२ लाख रुपैयाँ घटेको छ। गत वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा २ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकको ब्याज आम्दानी समीक्षा अवधिमा २० लाख रुपैयाँ बढेको छ भने ब्याज खर्च ७७ लाख ७४ हजार रुपैयाँ बढेको छ। जसका कारण खुद ब्याज आम्दानी ५७ लाख ६८ हजार घटेको छ। खुद ब्याज आम्दानी घटेसँगै बैंकको नाफा पनि साँघुरिएको हो।

बैंकको खराब कर्जा भने ३३.८६ प्रतिशतबाट घटेर २३.०५ प्रतिशतमा झरेको छ। खराब कर्जा घटेपनि बैंकले नाफा भने बढाउन सकेको छैन।

गत वर्षको पुस मसान्तको तुलनामा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि गिरावट आएको छ। बैंकको सञ्चालन नाफा ७ करोड १० लाख रुपैयाँबाट घटेर २ करोड ७८ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन १८ करोड ८५ लाख रुपैयाँबाट बढाएर २२ करोड ५८ लाख रुपैयाँ पुर्‍याएको छ भने कर्जा लगानी २६ करोड १३ लाख रुपैयाँबाट बढाएर २९ करोड ३९ लाख रुपैयाँ पुर्‍याएको छ।

यस अवधिमा बैंकले चुक्ता पूँजी २० करोड रुपैयाँबाट बढेर ३७ करोड रुपैयाँ पुगेको छ भने जगेडा ३४ करोड ७७ लाख रुपैयाँबाट घटेर २२ करोड ५४ लाख रुपैयाँमा झरेको छ।

दोस्रो त्रैमाससम्ममा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात १६.१५ गुणा बढी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।