गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ करोड ९९ लाख रुपैयाँ खुद नाफा बढाउन सफल यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ४८ पैसा रहेको छ। फागुन १ गते, बिहीबारको अन्तिम मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात १८.०१ गुणा रहेको छ।
बैंकको पछिल्लो ८ वर्षको प्रतिशेयर आम्दानी यस चार्टमा देखिइएको छ।
गत साताको अन्तिम कारोबार दिन कम्पनीको शेयर दोस्रो बजारमा ६३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। मैनबत्ती विश्लेषण अनुसार बैंकको शेयरमूल्य आगामी दिनमा उकालो लागे ६७५ रुपैयाँमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, ओरालो लागेमा ५९८ रुपैयाँमा टेवा पाउने सम्भाविना रहेको छ।
गत पुस २० गते बैंकको ५ दिने मुभिङ्ग एभरेजले २० दिने मुभिङ्ग एभरेजलाई तलबाट काटेर माथितिर लागेको थियो। सो दिन बनेको त्यस गोल्डेन क्रसओभरपश्चात बैंकको शेयरमूल्य उकालो लागेको थियो।
प्राविधिक विश्लेषणकै अर्को उपकरण एमएसीडीमा भने पछिल्लो समय भने डेथ क्रसओभर देखिएको छ। गत साताको अन्तिम कारोबार दिन एमएसीडीमा यस्तो क्रसओभर देखिएको थियो। यस क्रसओभरले बैंकको शेयरमूल्य घट्ने सङ्केत गरेको थियो।
फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयरमूल्य हाल ग्रीड जोनमा रहेको छ। यसले बैंकको शेयरमूल्य बढ्ने अपेक्षामा शेयर खरिद गरिरहेको संकेत गर्दछ।
मेरो लगानीले हरेक साता नेप्सेमा सूचीकृत कुनै एक कम्पनीको विश्लेषण प्रस्तुत गर्दै आएको छ।
यस साताको फ्लोरसीटका आधारमा मोस्ट एक्टिभ स्कटको सूचीमा रहेको कारण यस साता मेरो लगानीले एभरेष्ट बैंकके चयन गरेको हो।
सावधानीः उपलब्ध तथ्याङ्कका आधारमा मेरो लगानीले तयार पारेको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले कुनै पनि कम्पनीको शेयर खरिदबिक्री गर्नु अघि आफैले विश्लेषण आवश्यक छ।