एक हजार ३५० को प्रतिरोध विन्दु परीक्षणमा नेप्से

Feb 16, 2020 08:24 AM Merolagani

गत साता नेप्से परिसूचक १ हजार ३५० प्रतिरोध विन्दुको परीक्षणमा रहेको थियो। सो साता नेप्सेले सो प्रतिरोध विन्दुलाई तोड्ने प्रयत्न गरेपनि तोडेर माथि भने जान सकेन। अघिल्लो साता पनि नेप्से सोही प्रतिरोध विन्दुको परीक्षणमा रहेको थियो।

सो प्रतिरोध विन्दु तोड्न नसकेका कारण यस साताको लागि पनि नेप्सेको पहिलो प्रतिरोध विन्दु एक हजार ३५० नै कायम हुन आएको छ। आगामी दिनमा नेप्से ओरालो लागेमा भने एक हजार २७३ विन्दुमा टेवा पाउने देखिन्छ।

बजारमा अहिले खरिदकर्ताको बलियो उपस्थिति रहेका कारण आगामी दिनमा नेप्से सकारात्मक दिशातर्फ अगाडि बढ्ने सङ्केत देखिएको जानकारहरु बताउँछन्।

गत साताको अन्तिम दुई कारोबार बनेको मैनबत्तीले भने लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

गत साता नेप्से १०.९० अंक बढेर एक हजार ३४४.५९ विन्दुमा बन्द भएको थियो। नेप्से बढेपनि अघिल्लो साताको तुलनामा गत साताको कारोबार रकम घटेको थियो। गत साता १८२ कम्पनीको ७० हजार ९१८ पटकको कारोबारमा ६ अर्ब ७० करोड ९५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। गत साताको दैनिक औषत कारोबार रकम अघिल्लो साताको तुलनामा घटेको छ। अघिल्लो साता दैनिक औषतमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको गत साता दैनिक औषतमा १ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। पछिल्लो २० दिनको औषत कारोबार रकम भने १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।


फियर एण्ड ग्रीड मिटरमा नेप्से अहिले एक्सट्रीम ग्रीड जोनमा रहेको छ।

(नोटः विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्युजलेटरमा)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।