गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले ४५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो।
पुस मसान्तसम्ममा लघुवित्तले २ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड १४ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६० लाख ६० हजार रुपैयाँ बढेर ६६ लाख ९३ हजार पुगेको छ।
५ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ कारेड ५८ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले २३ करोड ३ लाख रुपैयाँ निक्षेप र ५७ करोड ६५ लाख रुपैयाँ सापटीबाट ६९ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४० पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ७६ पैसा र वार्षिक मूल्य आम्दानी अनुपात ३२.१४ गुणा कायम भएको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ०.५६ प्रतिशत रहेको लघुवित्तकोे निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १.३३ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिमबापत ५५ लाख रुपैयाँ छुट्याएको छ।