खराब कर्जा उठाउन सफल भएपछि नेपाल सेवाको नाफा बढ्यो

Feb 16, 2020 01:32 PM Merolagani

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड (NSEWA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तको खुद नाफा ३७ लाख ९६ हजार ऋणात्मक रहेको थियो।

लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक भएपनि खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफामा सुधार भएको हो।

पुस मसान्तसम्ममा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४१ लाख २ हजार रुपैयाँ बढी हो। सो अवधिसम्ममा लघुवित्तको सञ्चालन मुनाफा भने १२ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

सो अवधिसम्ममा लघुवित्तले ९ करोड १८ लाख रुपैयाँ निक्षेप र ४० करोड ७८ लाख रुपैयाँ सापटीबाट ५३ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। निष्क्रिय कर्जा ०.०५ प्रतिशतबाट ०.०१ प्रतिशतमा झार्न सफल यस लघुवित्तले सो अवधिसम्ममा ४४ लाख ७६ हजार रुपैयाँ खराब कर्जा उठाएको छ। लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ४२ लाख ३३ हजार रुपैयाँ छुट्याएको छ।

६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४५ लाख ९३ हजार रुपैयाँ सञ्चित छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ १२ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ७४ पैसा र वार्षिक मूल्य आम्दानी अनुपात ९७.७१ गुणा कायम भएको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ०.५६ प्रतिशत रहेको लघुवित्तकोे निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १.३३ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिमबापत ५५ लाख रुपैयाँ छुट्याएको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।