सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

Feb 16, 2020 05:37 PM Merolagani

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग र क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा  'नारायण प्रसाद स्मृति बास्केटबल प्रतियोगिता २०७६ ' सम्पन्न भएको छ ।

फागुन २ गते भएको उक्त बास्केटबल प्रतियोगितामा  काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

क्वेस्ट इन्टरनेसनल कलेजको प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम साइपल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेशनल एकेडेमी भएका थिए । त्यसैगरी पुरुष तर्फ प्रथममा सिसिआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएको थिए ।

बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेकी हुन् ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।