सिटिजन्स बैंक र ईसेवाबीच रेमिटेन्स सम्झौता

Feb 16, 2020 07:01 PM Merolagani

सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफरका बीच रेमिटेन्स सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ ।

सिटिजन्स बैंकले देशभर आफ्ना करिव पाँचलाख ग्राहकलाई ८९ शाखा, ९० ए.टि.एम. र १०३ शाखा रहित बैंकिङ्ग एकाईबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक हुने बैंकको योजना सञ्चालनमा रहेको छ ।

 

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।