क्यान्सर जनचेतनाको लागि “ज्योति लाईफ द एमेजिङ मोटर र्‍याली २०२०” सम्पन्न

Feb 17, 2020 02:18 PM Merolagani

काठमाडौँ ग्रुप अफ होटल्स, रोटरी क्लब अफ बागमती काठमाडौं र ज्योति केयर्सद्वारा आयोजित “ज्योति लाईफ द एमेजिङ मोटर र्‍याली २०२०” सम्पन्न भएको छ।

माघ २४ गते विश्व क्यान्सर दिवसको अवसरमा “आई एम एण्ड आई वील क्रिएट अ वल्र्ड विड् आउट क्यान्सर” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मार्फत भिजिट नेपाल २०२० को प्रर्वद्धन पनि गरिएको थियो।

उक्त र्‍याली नेपाल टुरिजम बोर्डबाट सुरु भई पोखरासम्म विभिन्न चेक प्वाइन्टहरुमा आयोजित खेलहरुमा सहभागी हुँदै समापन भएको थियो।

प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल लगायत पुर्व तथा हालका मिस नेपालहरु अनुष्का श्रेष्ठ, रोज लामा, मीरा कक्षपति, रोनाली अमात्य र रिया बस्नेत लगायतले उक्त कार्यक्रममा  र्‍याली विजेताहरुलाई पुरस्कार प्रदान पनि गरेका थिए।

यसका साथै ज्योति लाईफले काठमाडौँ ग्रुप अफ होटल्सको सहकार्यमा कार्यक्रमको दोश्रो दिन सारङकोट स्थित जनजागृति माध्यामिक विधालयमा स्वास्थ शिविर तथा स्थानिय विधार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण पनि गरेको थियो।

सो सामाग्री पोखरा उपमहानगरपलिकाका उपप्रमुख मञ्जु देवी गुरुङ्ग तथा स्थानिय प्रतिनिधिले  हस्तान्तरण गरेका थिए भने उक्त स्वास्थ्य शिविरमा ३८५ जनाको उपचार गरिएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।