ग्रामीण विकास लघुवित्तद्वारा आन्तरिक लेखापरीक्षण तालिम सम्पन्न

Feb 17, 2020 04:28 PM Merolagani

ग्रामीण विकास लघुवित्तको आयोजनामा प्रभावकारी लेखा परीक्षण र प्रतिवेदन लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले संस्थागत सुशासनलाई थप मजबुत बनाउन आन्तरीक लेखा परीक्षण विभागको ठूलो महत्व रहेको हुँदा यसलाई थप सशक्त बनाउन आधुनिक र प्रभावकारी ढंगले ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।

नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक नरेन्द्रसिंह विष्ट लगायतका प्रशिक्षकले तालिममा आन्तरिक लेखा परीक्षणको प्रचलित आधुनिक व्यवस्था, जोखिम व्यवस्थापन र सोको आधारमा गरिने आन्तरिक लेखापरीक्षणको स्वरुप, कार्यविधि, लेखापरीक्षण प्रतिवेदन लेखन विधि लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक तवरबाट प्रकाश पारेका थिए।

फागुन २ र ३ गते बुटवलमा सञ्चालन भएको उक्त तालिममा संस्थाको आन्तरिक लेखापरीक्षण विभाग, क्षेत्रीय कार्यालय, इलाका र शाखा कार्यालयमा कार्यरत उपनिर्देशक, बरिष्ठ अधिकृत तथा सहायक अधिकृतहरू गरी कुल ३० जना कर्मचारीको सहभागिता रहेको थियो ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।