बलात्कार मुद्दामा पूर्व सभामुख महरालाई सफाइ

Feb 17, 2020 04:37 PM merolagani

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलत्कार प्रयासको मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको एकल इजलासले फागुन ५ गते सोमबार महरालाई सफाइ दिएको हो ।

महरा विरुद्धको मुद्दामा मागदाबीमा प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो। त्यस्तै औँठाछाप लगायत फरेन्सिक रिपोर्टमा महरा संलग्नता नदेखिएपछि उनले सफाइ पाएका हुन्।

गत असोज १२ गते शाहीले महराले आफूलाई जबर्जस्ती करणी प्रयास गरेको भन्दै असोज १७ गते शुक्रबार निवर्तमान सभामुख महरा विरुद्ध प्रहरीमा उजुरी दिएकी थिईन् । सो पश्चात अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

बलात्कार प्रयासको जाहेरी दिने शाहीले अदालतसमक्ष महराले आफूविरुद्ध बलात्कार प्रयास नभएको बयान दिएकी थिइन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।