‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक

Feb 17, 2020 05:38 PM Merolagani

नेपाली सांगितिक क्षेत्रका युवा तथा लोकप्रिय कलाकारहरुको गीत ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।

रोहित जोन क्षेत्री, स्वप्निल शर्मा, स्वप्न शुमन, त्रिशला गुरुङ र रोहित शाक्यको सांगीतिक सहकार्य रहेको यस गीतमा शब्द र कम्पोजिसन स्वप्निल शर्माको छ भने, एरेन्ज र निर्माण रोहित शाक्यको रहेको छ ।

‘मेरो देश’ एक देशभक्ति गीत हो जसको प्रिमियर टुबोर्ग ओपन सेसन्स् मार्फत गरिएको छ ।

टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो, जसमा विभिन्न प्रचलित कलाकारहरुको लाईभ स्टुडियो रेकर्डेड प्रस्तुतीहरु पेश गरिन्छ । यस डिजिटल प्ल्याटफर्ममार्फत कलाकारद्धारा लोकप्रिय गीतहरु भिन्न शैलीमा प्रस्तुत गरिन्छ ।

 

 

 

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।