बैंकका सीइओहरुसँग अर्थमन्त्रीको छलफल, बैंकिङ क्षेत्रमा देखिएको समस्याको समाधान खोज्न निर्देशन

Feb 17, 2020 06:21 PM merolagani

अर्थमन्त्री डा युवराज खतिवडाले वाणिज्य बैंकका सिइओहरुसँग मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवम् वैंकिङ्ग क्षेत्रमा देखिएका समस्याहरुको बारेमा छलफल गरेका छन्। 

कार्यक्रममा वैंकिङ्ग क्षेत्रमा तरलताको अवस्था, कर्जाको माग, असुली र व्याजदर, सम्पत्ति शुद्धीकरण सम्बन्धी पालना गर्नुपर्ने विषयहरू, सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको स्वः स्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा बढाउने, सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र माग बमोजिम परिचालन, नेपाल राष्ट्र वैंकको एकीकृत निर्देशनहरुको कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको थियो। 

त्यसैगरी कार्यक्रममा मौजुदा व्यवस्थालाई सरलीकरण गर्ने, हेजिङ्ग सुविधा, मर्जर नीतिको कार्यान्वयन लगायत विषयहरूमा समेत बैंकरहरुले आफ्नो धारणा राखेका थिए।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थामा रहेका समस्याहरूको तत्काल र दीर्घकालीन समाधानको लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रलाई विश्वासको वातावरण सृजना गरी लगानीमैत्री र व्यवसायिक वातावरणको सुनिश्चित गर्न  आग्रह गरे।

छलफलमा उठेका विषयहरुमा केन्द्रित भई थप सहजीकरण गर्न आवश्यक गृह कार्य गरी कार्यान्वयनको प्रकृयामा लैजान अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, नेपाल राष्ट्र बैंक र नेपाल वैंकर्स एसोसियसनले यथाशीघ्र छलफल गरी टुंगोमा र्पुयाउन निर्देशन दिए।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।