बीमालेख धितोमा ३९ अर्ब ६० करोड कर्जा लगानी,करीव दुई अर्ब आम्दानी

Feb 23, 2020 06:06 PM Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ३९ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । हाल नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुबाट सो बराबरको रकम कर्जा प्रवाह भएकाे छ।

पुस मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १५ अर्ब ७३ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । एलआईसी नेपालले ११ अर्ब ८७ करोड ९३ लाख, नेशनल लाइफले ४ अर्ब ३० करोड २ लाख, एशियन लाइफले १ अर्ब ९२ करोड ३४ लाख, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ६२ करोड ४७ लाख र प्राइम लाइफले १ अर्ब ९ करोड रुपैयाँ बीमालेख धितोमा ऋण परिचालन गरेका छन् ।

यस्तै मेट लाइफ इन्स्योरेन्सले ९३ करोड ६८ लाख, सूर्या लाइफले ६१ करोड २२ लाख, र गुराँस लाइफले ४४ करोड १९ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरेका छन् ।

यता युनियन लाइफले भने पुरानो कम्पनी गुराँस लाइफले भन्दा बढी बीमालेख धितोमा कर्जा लगानी गरेको छ । युनियनले ५० करोड ५२ लाख रुपैयाँ लगानी गरेको हो । यस्तै सन नेपालले १५ करोड ६१ लााख,महालक्ष्मी लाइफले ९ करोड ४१ लाख, आईएमई लाइफले ९ करोड १ लाख, ज्योति लाइफले ७ करोड ६२ लाख, सिटिजन लाइफले ६ करोड ७४ लाख र रिलायन्स लाइफले ६ करोड १० लाख रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरेका छन् ।

बाँकी प्रभु, रिलायवल नेपाल र सानिमा लाइफले बीमालेख धितोमा लगानी करोड भन्दा कम रशेको छ ।

  • बीमालेख धितोबाट झण्डै दुई अर्ब आम्दानी

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बीमालेख धितोबाट एक अर्ब ८६ करोड रुपैयाँ आम्दानी गरेका छन् । जसमध्ये नेपाल लाइफ सबैभन्दा धेरै ७६ करोड ८१ लख रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै एलआइसी नेपालले ५८ करोड ७ लाख रुपैयाँ र नेशनल लाइफले १७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।

सबै भन्दा कम रिलायन्स लाइफले १० लाख रुपैयाँ आम्दानी गरेको छ । प्रभु लाइफ, रिलायवल नेपाल, सानिमा लाइफले बीमालेख धितोमा करिब ५०÷५० लाखका दरले लगानी गरेको भएपनि आम्दानी भने गरेको छैन् ।

  • बीमालेख धितो राखेर कर्जा कसरी लिने ?

बीमालेख धितोमा कर्जा पाउनका लागि हरेक कम्पनीले आ आफ्नै नियम बनाएका छन् । जसमा बीमितले सम्बन्धित कम्पनीमा सामान्यतया न्यूनतम एक वर्ष अवधिको बीमाशुल्क भुक्तानी गरेको हुनुपर्छ ।

बीमा कम्पनी अनुसार कुनै बीमितिले एक वर्षको बीमाशुल्क अग्रिम रुपमा भुक्तानी गरेको खण्डमा बीमा शुल्क तिरेको अर्को महिनादेखि वा कम्पनी अनुसार कुनैमा अधिकतम २ वर्ष सम्मको बीमा शुल्क तिरेपछि मात्र बीमालेख धितोमा कर्जा प्राप्त गर्न सकिने व्यवस्था छ ।

यस शीर्षकमा बीमितले बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ती धितो नराखी ऋण प्राप्त गर्न सकिन्छ ।

बीमा कम्पनीबाट लिएको ऋण नतिरेसम्म बीमितलाई बीमा पोलिसी भने त्याग (सरेन्डर) गर्न छुट भने हुँदैन् । बीमा पोलिसी भने त्याग गर्नका लागि बीमा कम्पनीको लागि लिएको सम्पूर्ण कर्जा भुक्तानी हुनपर्छ ।

बीमा समितिले तोकेको प्रवाधान अनुसार बीमितले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्राप्त गर्न सकिन्छ । त्यस अनुसार बीमा कम्पनीलाई तिरेको बीमा शुल्कका आधारमा बीमितले कति बीमाशुल्क भुक्तानी गरेको छ सोही अनुसारको ऋण प्राप्त गर्न सकिने प्रावधान छ ।

यस्तो कर्जामा बीमा कम्पनीहरुले नै ब्याजदर निर्धारण गर्ने गरेको पाइन्छ । सामान्यतया ९ देखि १२ प्रतिशतसम्ममा कर्जा प्रवाह हुँदै आएको पाइन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।