करिब आधा अर्बको आईपीओ निष्काशन गर्न दुई हाईड्रोपावर कम्पनीलाई धितोपत्र बोर्डको अनुमति

Feb 24, 2020 01:13 PM Merolagani

नेपाल धितोपत्र बोर्डले दुई हाईड्रोपावर कम्पनीलाई सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले लिर्वटी इनर्जी कम्पनी र युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

लिर्वटी इनर्जीको ३७ लाख ५० हजार र युनाइटेड इदीको १० लाख ५० हजार गरी ४८ लाख कित्ता शेयर निष्काशनमा आउनेछ। 

लिबर्टी ईनर्जीले सर्वसाधारण र स्थानीयलाई गरी ३७ करोड ५० लाख रुपैयाँको ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न फागुन ८ गते अनुमति पाएको हो। कम्पनीले त्यस मध्ये १५ लाख कित्ता स्थानीयलाई र २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्काशन गर्नेछ ।

आईपीओ निष्काशनको लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरीसकेको छ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड ४ को रेटिंग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको जनाउछ।

कम्पनीले लमजुङको दोर्दी गाउपालिकामा २५ मेगाबाटको दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ। कम्पनीको उक्त आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा रहेको छ।

कम्पनीले बागलुङ स्थित बडीगाड खोलामा २४.६ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत आयोजना र लमजुङ स्थित लोदोखोलाबाट १.६ मेगावाट क्षमताको लोदो खोला साना जलविद्युत आयोजना निमार्ण गर्ने तयारीमा रहेको कम्पनीले जनाएको छ।

यस्तै बाेर्डले युनाईटेड इदी मर्दी एण्ड आरबी हाईड्रोपावर कम्पनीलाई १० लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएकाे छ। बाेर्डले फागुन ११ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिने  जनाएको छ।

कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरीसकेको छ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ को रेटिंग दिएको छ। यसले कम्पनीको अवस्था औषतभन्दा कमजोर रहेको जनाउछ।

comments powered by Disqus

सुनचाँदीको मूल्यमा भारि गिरावट, कति घट्यो?

Apr 14, 2024 10:44 AM

२०८१ सालको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा भारि गिरावट भएको छ । यसदिन सुनको मूल्यमा प्रतितोला दुई हजार दुई सय रुपैयाँ र चाँदी को मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।