अपी पावरलाई हकप्रद निष्काशन गर्ने अनुमति

Feb 25, 2020 12:35 PM Merolagani

नेपाल धितोपत्र बोर्डले अपी पावर कम्पनी लिमिटेड (API) लाई हकप्रद निष्काशन गर्ने अनुमति दिएको छ। बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले १ बराबर ०.४७ अनुपातमा हकप्रद निष्काशन गर्न फागुन १२ गते बोर्डबाट अनुमति पाएको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ। ४७ प्रतिशत हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीले दुई सय प्रतिशत हकप्रद निष्काशनका लागि २०७५ पुस १ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। तर, बोर्डले ४७ प्रतिशत मात्र हकप्रद निष्काशनको अनुमति दिएको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।