प्राइम बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार शुरु

Mar 12, 2020 01:32 PM Merolagani

प्राइम कमर्सियल बैंक (PCBL)ले कैलाश विकास बैंकलाई प्राप्त गरेपश्चात एकिकृत कारोबार सुरु गरेको छ। बैंकले आज (फागुन २९ गते) बिहीबार एक कार्यक्रम गरी एकिकृत कारोबार शुरु गरेको हो।

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्त गरेपश्चात कुल शाखा संख्या १९९ र कर्मचारी १५ सय जना पुगेको छ।

यस्तै, बैंकको चुक्ता पूँजी करिब १४ अर्ब र पूँजी कोष १९ अर्ब रुपैयाँ पुगेको छ।

गत पुस २५ गते छुट्टाछुट्टै बसेको यी दुबै बैंकको साधारण सभाले प्राइमले कैलाशलाई प्राप्त गर्ने प्रस्ताव पारित गरेको थियो। नेपाल राष्ट्र बैंकले सो एक्विजिशनलाई गत फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले गत फागुन २१ गते स्वीकृति दिएको थियो।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।