सुनमा पनि काेराेनाकाे असर, तीन दिनमा ४ हजार २०० रुपैयाँले घट्यो

Mar 13, 2020 11:11 AM Merolagani

सुनको भाउ गत तीन दिनमा ४ हजार २०० रुपैयाँले घटेको छ। लगातार बढेर ८२ हजार ७०० रुपैयाँ पुगेको सुनको भाउ शुक्रबार ७८ हजार ५०० रुपैयाँमा झरेको छ। 

कारोना भाइरसका कारण लगातार बढेर उच्च विन्दुमा पुगेको सुनको भाउ गत बुधबारदेखि घट्न थालेको थियो।

फागुन ३० गते शुक्रबार मात्र सुन तोलामा ३ हजार रुपैयाँले घटेको छ। यस दिन छापावाला सुन प्रतितोला ७८ हजार ५०० र तेजाबी सुन प्रतितोला ७८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

त्यसैगरी, शुक्रबार चाँदीको भाउ पनि ह्वातै घटेको छ। चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ८२० रुपैयाँमा खरिद बिक्री भइरहेको महासँघले जनाएको छ।

कोरोना भाइरसको कारण अन्तरराष्ट्रिय क्षेत्रमा आर्थिक मन्दि शुरु भएको छ। जसको कारणले गर्दा शेयर मार्केट घटेको छ। तर डलरको भाउ भने बढेको छ।

लगानीकर्ताहरुले सुनभन्दा डलरमा लगानी बढाउदा सुनमा बिक्री चाप बढेको छ। सुनमा आएको बिक्री चापले गर्दा अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेको छ जसले गर्दा नेपालमा पनि सुनको भाउ घटेको सुनचाँदी व्यवसायी तेज रत्न शाक्य बताउछन्।

बिश्व शेयर बजारमा कोरोना भाइरसको असर पहिले देखिनै देखिदै आएकोमा पछिल्लो समय सुनमा पनि उक्त असर देखिएको शाक्यले बताए।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।