जनउत्थानले डाक्यो साधारण सभा, के के छन् प्रस्ताव?

Mar 18, 2020 09:12 AM Merolagani

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JSLBB) ले चैत २७ गते, बिहीबार नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल न्यू ईरा, बुटवल, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अधिकृत पूँजी वृद्धि गर्ने, बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित पारित गर्नेछ। सभामा एक वा एकभन्दा बढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १४ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। यस अनुसार चैत १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।