चैत मसान्तसम्म बीमाशुल्क संकलन स्थगित गर्न बीमा समितिको निर्देशन

Mar 26, 2020 05:08 PM Merolagani

बीमा समितिले चैत मसान्तसम्म बीमाशुल्क संकलन कार्य स्थगित गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले बिहीबार एक सर्कुलर जारी गर्दै जीवन बीमा सम्बन्धी बीमाशुल्क संकलन गर्ने कार्य स्थगित गर्ने निर्देशन दिएको हो ।

समितिले विश्वभर फैलिरहेको कोरोना भाइसर (कोभिड १९) का कारण सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरेको जानकारी गराउदै जीवन बीमा सम्बन्धी बीमा शुल्क संकलन कार्य चैत्र मसान्तसम्म स्थगन गरी परिस्थिति सामान्य भए पछि बिना ब्याज संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

जीवन बीमकले अवधि समाप्ति पछिको बीमा रकम विधुतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितले विद्युतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ट प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशीघ्र दावी भुक्तानी गर्न समितिले जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गरेको हो ।

कम्पनीहरुले दिने सेवाहरु सञ्चार माध्यम लगायतका सामाजिक सञ्जालहरु मर्फत जानकारी गराउनका लागि समितिले व्यवस्था समेत मिलाएको छ ।

यस्तै बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध (विधुतीय माध्यमबाट प्राप्त) भएको आधारमा बीमालेख नवीकरण हुने व्यवस्था मिलाउनका लागि पनि निर्देशन दिएको छ ।

निर्जीवन बीमा कम्पनीले तत्कालै उत्पन्न हुने दावी भुक्तानीका विधुतीय माध्यम मार्फत बीमितबाट यथेष्ट प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त् सर्भेयर खटाई क्षति एकिन गरी दावी भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

सर्भेयर र अभिकर्ता इजाजतपत्र नविकरण गर्नको लागि बीमक मार्फत समितिको नबिल बैंकमा रहेको खाता नं. ०११००१३०११००१ म चैत्र मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको पनि बीमा समितिले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।