केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुमा काउन्टर साईक्लिकल बफरको प्रावधान लागू गरेको छ । यो बासेल थ्रीको प्रावधान हो।
बैंकहरुले क्यापिटल एड्युकेसी फ्रेमवर्क २०१५ को प्रावधान अनुसारको काउन्टर साईक्लिकल बफर पूँजी कोष कायम गर्नु पर्ने ब्यवस्था गरिएको थियो।
यस प्रावधान अनुसार जोखिम भारित एक्सपोजरको दुई प्रतिशत पूँजी कोष कायम गर्नुपर्ने छ । पूँजी कोष भन्नाले प्राथमिक पूँजी र पूरक पूँजीको योग सम्झनुपर्छ।
अहिले कतिपय बैंकहरुले राष्ट्र बैंकको नीति अनुसार पूजीकोष कायम गर्न गाह्रो परिरहेको अवस्थामा केन्द्रिय बैंकको उक्त निर्णयले बैंकहरुलाई पूँजीकोषमा केहि सहज हुने भएको छ।