शेयर कारोबार थप एक साता बन्द गर्ने निर्णय, राहत प्याकेजमा परे धितोपत्रका दुई विषय

Mar 30, 2020 08:28 AM Merolagani

सुवास निरौला

लक डाउन  अवधिभरि दोस्रो बजारमा हुने शेयर कारोबार बन्द हुने भएको छ। नेपाल धितोपत्र बोर्डले उक्त अवधिभरि शेयर कारोबार बन्द निर्देशन दिएसँगै शेयर कारोबार बन्द हुने भएको हो।

आइतबार शेयर कारोबार बन्द गर्ने आसय सहितको पत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाएको छ। ‘नेपाल सरकारले गर्ने निर्णय बमोजिम काम गर्नु भन्दै आइतबार हामीले नेप्सेलाइ पत्र लेखेका छौ’ बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानाले भने। ‘नेपाल सरकाले लकडाउन सम्बन्धि गर्ने व्यवस्था बमोजिम नै व्यवस्था गर्ने’ । बोर्डले पठाएको पत्रमा उल्लेख छ।

बोर्डले पठाएको पत्र बमोजिम अब नेप्सेले थप एक साता कारोबार बन्द गर्नेछ। नेपाल सरकारले गरेको लकडाउन अवधि सकिएपछि मात्रै शेयर कारोबार सूचारु हुनेछ। कोरोना संक्रमणबाट लगानीकर्ता र सर्वसाधारणलाई जोगाउन उक्त व्यबस्था गरिएको बोर्डको जिकिर छ। सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी, मर्चेन्ट बैंक लगायतले कारोबार बन्दै गर्नु पर्ने माग गरिरहेका थिए।

यता सरकारले घोषणा गरेको राहत प्याकेजमा समेत धितोपत्र व्यवसायलाई सम्बोधन गरिएको छ। कारोबार राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाब राफसाफ चैत्र मसान्तसम्म गर्न सकिने व्यवस्था राहत प्याकेजमा रहेको अर्थ मन्त्रालयका सह सचिव तथा प्रवक्ता उत्तर कुमार खत्रीले जानकारी दिए। ‘धितोपत्र सम्बन्धि दुई विषय सम्बोधन भएका छन् जसमा कारोबार राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाब राफसाफ चैत्र मसान्तसम्म गर्न सकिने र धितोपत्र ऐन बमोजिम सूचिकृत कम्पनीहरुले बुझाउनु पर्ने विवरण पनि चैत मसान्तसम्म तोकिएको छ’ खत्रिले भने। उक्त अवधिसम्म कम्पनीहरुले बिलम्ब वा जरिवाना तिर्नु पर्ने छैन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।