इन्स्योरेन्सले आफ्नो सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै म्याच्युरीटी क्लेम र क्लेम इन्टीमेशन अनलाइन सेवा संचालनमा ल्याएको हो।
म्याच्युरीटी क्लेम सेवा मार्फत बीमितहरुले बीमालेख म्याच्युरीटी हुने समयावधीको जानकारी लिन सकिने नेपाल लाइफले जनाएको छ। यस सेवामा म्याच्युरीटीको समय पुगेका बीमितहरुले बीमा लेखको म्याच्युरीटी क्लेमको प्रक्रिया अघि बढाउन सकिनेछ। जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याच्युरीटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ।
त्यसैगरी, क्लेम इन्टीमेशन सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइनमार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सकिनेछ। जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया अगाडि बढाउन सकिने कम्पनीले जनाएको छ।
नेपाल लाइफले सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको कम्पनीले जनाएको छ। आगामी दिनमा समय सापेक्ष सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
नेपाल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम इसेवा, प्रभुपे र नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।