कोरोना भाइरसबाट सबैभन्दा धेरै मृत्यु इटालीमा किन?

Mar 30, 2020 05:47 PM Merolagani

कोरोना भाइरसको संक्रमणका कारण इटालीमा हालसम्म १० हजार भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ । जबकि करिब ९० हजार मानिसहरु संक्रमित भएका छन् । यो विश्वको कुनै पनि देशको तुलनामा कयौँ धेरै हो । 

यस्तोमा इटालीका प्रधानमन्त्री ज्यूजपे कन्टेले देशलाई आश्वस्त पार्दै इटालीमा लगाइएको हालको आपतकालको समय ३ अप्रिलमा सकिदैँ छ, त्योभन्दा पहिले नै त्यहाँका मानिसहरुले सामान्य जीवन जिउँने बताए ।

तर जुन प्रकारको तथ्यांक इटालीमा सार्वजनिक भइरहेका छ, त्यसबाट हालको स्थिति नियन्त्रणमा आउने अवस्था देखिइरहेको छैन । इटालीमा भाइरसका कारण सबैभन्दा धेरै लोम्बार्डीका मानिसहरु प्रभावित भइरहेका छन् ।

इटालीमा स्थिति हाल यस्तो छ, जहाँ मुर्दा घरहरु लाशले भरिएका छन् र मर्ने मानिसहरुको संख्या पनि लगातार तीव्र गतिमा बढिरहेको छ ।

तर कोरोना भाइरसको संक्रमण इटालीमा यो स्तरमा कसरी पुग्यो? के कारणले यूरोपका कुनै पनि अरु देशको तुलनामा कोरोना भाइरस इटालीमा अधिक तीव्र मात्रामा फैलिरहेको छ भन्ने कुरा चासोको विषयका रुपमा रहेको छ ।

इटालीमा आधिकारीक रुपमा कोरोना भाइरसको सुरुवात २० फेब्रुअरीबाट भएको थियो । जब एक ३८ वर्षीया व्यक्तिले लोम्बार्डीका कोडोग्नो कस्बेमा आफ्नो पहिलो परीक्षण गराए । परीक्षणको रिपोर्ट आएसँगै ती व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पाइयो । यो इटालीमा आधिकारीक रुपमा पहिलोपटक देखिएको कोभिड–१९ केस थियो ।

यद्यपी केही स्वास्थ्य अधिकारीहरुका अनुसार इटालीमा यो भाइरसको प्रवेश पहिले नै भएको थियो ।

इटालियन नेशनल इंस्टीट्यूट अफ हेल्थमा डिपार्टमेन्ट अफ इन्फेक्शियस डिजीजका एक शोधकर्ताका अनुसार, इटालीमा यो भाइरस अधिक समय पहिले नै प्रवेश गरिसके थियो ।

इटालीमा कोरोनाको रिपोर्ट सार्वजनिक हुनुभन्दा पहिले देशको उत्तरी भागमा निमोनियाका कयौँ मामलाहरु आइरहेका थिए । यो आधिकारीक रुपमा पुष्टिपूर्ण रहेको छ किनकि, लोम्बार्डीको अस्पतालमा कयौँ यस्ता मामलाहरु आएका थिए, जसमा मानिसहरुलाई निमोनियाको समस्या रहेको थियो ।

यस्तोमा जो मानिसहरु उपचारका लागि आएका थिए ती भाइरसबाट संक्रमित भइसकेका तर उनीहरुको उपचार भाइरस संक्रमण भन्दा पनि सामान्य फ्लू वा निमोनिया पीडित मात्र सम्झेर गरिएको हुनसक्ने सम्भावना रहेको बताइएको छ । यस्तोमा ती मानिसहरु नै भाइरस फैलावटका मुख्य कारण हुन सक्दछन् ।

लोम्बार्डीको उत्तरी क्षेत्र यस भाइरसबाट सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । पूरै देशका संक्रमित मानिसहरु मध्ये ८५ प्रतिशत उक्त क्षेत्रबाट र इटालीमा भाइरसबाट जति संख्यामा मानिसहरुको मृत्यु भएको छ, त्यसको ९२ प्रतिशत उक्त इलाकाबाट भएको छ ।

तर यसको मतलब इटालीको केबल त्यहीँ इलाका मात्र भाइरसको चपेटामा छ भन्ने चाहिँ होइन । इटालीका सबै २० प्रान्तमा संक्रमणको मामला सार्वजनिक भइरहेका छन्

  • इटालीमा यति धेरै मृत्युको कारण के हो?

केही अधिकारीहरुका अनुसार, भाइरस पहिचानमा आए बिना नै फैलिरहेकाले संक्रमण बढेसँगै इटालीमा हरेक दिन सयौँ संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ ।

इटालीका एक स्वास्थ्य अधिकारीका अनुसार, जब यो फैलन सुरु गर्याे, तब हामीलाई यसका बारेमा थाहा थिएन । यसको मतलब जुन समयमा हामीलाई यो कुराको बारेमा महसुस भयो कि भाइरस फैलिरहेको छ, त्यो समयसम्म यो इटालीमा एउटा चेनको रुपमा फैलिसकेको थियो ।

जसका कारण इटालीमा हालको समयमा यति ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाइरहेको बताइएको छ ।
यद्यपी केही अधिकारीहरुका अनुसार, इटालीमा कुनै पनि अरु यूरोपेली देशको तुलनामा अधिक परीक्षण भइरहेको छ, त्यसैले यहाँ संक्रमित मानिसहरुको संख्या यति ठूलो मात्रामा बढिरहेको देखिएको हो ।

नेशनल हेल्थ इंस्टीट्यूटका अनुसार, इटालीमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण जति मानिसहरुको मृत्यु भएको छ, यदि उनीहरुको औसत उमेर निकाल्ने हो भने ८१ वर्ष हुन आउँछ ।

इटालीमा भइरहेको मृत्युको कारण इटालीमा विश्वको सबैभन्दा धेरै वृद्धवृद्धाहरुमध्येको धेरै जनसंख्या बसोबास गर्दछन् । कोरोना भाइरसको सन्दर्भमा हालसम्म प्राप्त जानकारी अनुसार, भाइरसको संक्रमणको सबैभन्दा अधिक खतरा वृद्धवृद्धाहरुमा रहेको छ । इटालीमा ६५ वर्ष पुगेका मानिसहरुको जनसंख्या धेरै रहेको छ ।

अझैं पनि परीक्षण भइरहेकाले संक्रमितको संख्या ठूलो मात्रामा बढ्न सक्ने बताइएको छ । यद्यपी टाढाका इलामाका रहेका यस्ता अन्य कयौँ मामलाहरु सार्वजनिक नभएको हुनसक्ने पनि बताइएको छ ।

  • अब कस्तो छ इटाली सरकारको तयारी?

इटालीमा जसरी भाइरको प्रकोप बढिरहेको छ, त्यसले कयौँ मानिसहरुलाई आश्चर्यचकित बनाएको छ । यस्तोमा इटालीले कडा कदम उठाइरहेको छ ।

बिना कारण घरबाट बाहिर निस्कने मानिसहरुलाई त्यहाँको सरकारले करिब २ लाख ४९ हजार रुपैयाँ जरिवाना लगाउने आदेश दिएको छ ।

  • इटालीको अर्थव्यवस्थामा असर

महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणले केबल मानिसहरुको ज्यान मात्र लिएको छैन, उनीहरुको रोजगारी र आर्थिक सम्पत्तिहरुलाई पनि नराम्रोसँग प्रभावित पारिरहेको छ ।

इटालीमा लकडाउन भएको करिब एक महिना हुन लाग्यो र त्यहाँका प्रधानमन्त्रीले जुलाईसम्म लकडाउन जारी रहने घोषणा गरेका छन् । लकडाउनका कारण इटाली मन्दीतर्फ गइरहेको बताइएको छ ।

यद्यपी यो मन्दी इटालीका लागि मात्र नभई विश्व अर्थव्यवस्था नै मन्दीतर्फ गइरहेको आईएमएफले जनाएको छ । विश्व नै मन्दीतर्फ प्रवेश भइसकेकाले अबको अवस्था सन् २००९ को मन्दीभन्दा पनि नराम्रो हुने बताइएको छ ।

(एजेन्सीको सहयोगमा सबिना बजगाई)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।