नेपाल बैंकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सातै प्रदेशलाई पाँच लाख सहयोग गर्ने

Apr 01, 2020 02:54 PM Merolagani

 विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै नेपाल बैंक लिमिटेडले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथाम तथा नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५/५ लाखका दरले हुन आउने ३५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रकम आर्थिक सहयोग प्रदान गरेका थियो ।

योसँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट कूल एक करोड ३५ लाख योगदान भएको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।