कोरोना भाईरसः के गन्ध र स्वाद थाहा नहनु कोरोनाको मुख्य लक्षणहरु हुन् ?

Apr 02, 2020 01:58 PM Merolagani

बेलायती अनुसन्धानकर्ताहरूका अनुसार गन्ध वा स्वाद थाहा नहुनु तपाईमा कोरोना भाइरसको संकेत हुन सक्छ । किंग्स कलेज लन्डनको एक टोलीले ४ लाख भन्दा बढि मानिसको प्रतिक्रियालाई एक एप्समा लिएर कोभिड १९ का शंकास्पद लक्षणहरूको अध्ययन गरेका थिए ।

जसअनुसार रुघाखोकी जस्तै गन्ध र स्वाद गुमाउनु पनि श्वासप्रणालीमा संक्रमणको लक्षण हो । विज्ञहरूका अनुसार ज्वरो र खोकीलाई कोरोना भाइरसको सबैभन्दा महत्वपूर्ण लक्षण मान्नका लागि खोज अनुसन्धान गर्न बाँकी नै छ ।

यदि तपाईं वा तपाईंसँग बस्ने कसैलाई नयाँ लहरे खोकी वा शरिरमा उच्च तापमान छ भने, कोरोना भाइरस फैलाउने जोखिम रोक्नकालागि घरमै रहनुहोस् ।

  • अध्ययनको निश्कर्ष

अनुसन्धानकर्ताहरूले सम्भावित कोरोना भाइरस लक्षणहरूको बारेमा जानकारी संकलन गर्न र विशेषज्ञहरूलाई यस रोगका बारेमा राम्रोसँग बुझ्न र लड्नमा मद्यत गर्न चाहन्थे । जसअनुसार अध्ययनमा प्रयोग गरिएको एप्स (लक्षण ट्रयाकर) मार्फत कोभिड १९ कोरोना भाइरसका देखिएका लक्षणहरू पाँच वटा छन् ।

 ५३ प्रतिशतलाई थकान भएको
 २९ प्रतिशतलाई लगातार खोकी
 २८ प्रतिशतलाई सासको कमी
 १८ प्रतिशलाई गन्ध वा स्वादको ह्रास
 १०.५ प्रतिशत ज्वरोबाट ग्रस्त

ति ४ लाख मध्ये १ हजार ७ सय दुईले उनीहरूलाई कोविड १९ मा परीक्षण गरिएको बताएका थिए । जसमा ५ सय ७९ रिपोर्ट पोजिटिभ पाइएको थियो भने एक हजार एक सय २३ को नतिजा नेगेटिभ आएको थियो । पोजिटिभ देखिएका मध्ये ५ भागको तीन भाग अर्थात ५९ प्रतिशतले गन्ध वा स्वाद गुमाएको रिपोर्टमा जनाइएको छ ।

  • के गन्ध र स्वाद गुमाउनु कोरोनाको मुख्य लक्षण मान्न सकिन्छ ?

विज्ञहरू भन्छन्,'हालसम्म यसबारे पर्याप्त प्रमाण प्राप्त भएको छैन ।' सार्वजनिक स्वास्थ्य इंग्ल्याण्ड र विश्व स्वास्थ्य संगठनले यि लक्षणलाई हालसम्म सूचीमा समावेश गरेको छैन ।

ईएनटी युके, नाक, कान र घाँटिको प्रतिनिधित्व गर्ने चिकित्सकहरू भन्छन् यो कुनै आश्चर्यको कुरा होइन कि कोरोना भाइरस भएका केही बिरामीहरूमा यी लक्षणहरू देखिन सक्छ, तर तिनीहरू कोविड १९को लक्षण नै हो भन्न सकिन्न ।

अनुसन्धानकर्ताहरू भन्छन्,'खोकी र ज्वरो जस्ता अन्य महत्वपूर्ण लक्षणका साथसाथै गन्ध र स्वादको कमी थप लक्षणहरू निगरानी गर्न उपयोगी हुन सक्छ ।'

प्रमुख अनुसन्धानदाता प्रोफेसर टिम स्पेक्टरका अनुसार यि लक्षण जब अन्य लक्षणहरूसँग मिल्दछ, गन्ध र स्वादको गुमाउने व्यक्तिहरू कोभिड १९ मा संक्रमित हुने सम्भावना तीन गुणा बढी देखिन्छ । त्यसैले संक्रमण कम गर्न सात दिन स्वयं आइसोलेसनमा रहुनुपर्दछ ।

(बीबीसी विश्व सेवाका लागि मिसेल रोबट्र्सले तयार पारेको रिपोर्टमा आधारित)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।