कोरोना भाइरस दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो संकट

Apr 02, 2020 10:15 AM Merolagani

गत डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वभर महामारीको रुपमा फैलिएको छ । संयुक्त राष्ट्रसंघले उक्त महामारीप्रति चिन्ता व्यक्त गर्दै एउटा ठूलो संकट भएको बताएको छ । 

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरसबाट विश्वमा हरकोहीलाई खतरा रहेको भन्दै भाइरसको संक्रमण दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट विश्व अर्थव्यवस्थामा असर परिरहेको छ, जसबाट विश्वभर मन्दी आउनेछ । योभन्दा अगाडिको समयमा यस्तो कुनै समस्या नआएको भन्दै यस भाइरसबाट अस्थिरता, अशान्ति र संघर्ष बढिरहेको गुटेरेसले बताए । यसैगरी उनले भाइरसको संक्रमणले पार्नसक्ने प्रभावलाई तथ्यांकमा विश्लेषण गरेर हेर्ने हो भने यो महामारी दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताए ।

महासचिव गुटेरेसले कोरोना भाइरसको प्रभावले विश्व अर्थतन्त्रलाई ठूलो धक्का पुग्ने पनि बताएका छन् । अहिलेसम्म कहिल्यै नदेखिएको तहको आर्थिक मन्दी निकट भविष्यमा निम्तन सक्ने चेतावनी उनले दिएका छन् ।

गुटेरेसले भने, कोरोनासँग मजबुती र एकजुट भएर लड्न जरुरी छ । यस्तो तब सम्भव छ, जब सबै देश राजनीति बिर्सेर एक साथ आउँन र यो सम्झिउन कि यसबाट मानवतालाई नै खतरा रहेको छ ।

यूएन प्रमुखले आफू महामारीको विषयलाई लिएर विश्वभरका नेताहरुको सम्पर्कमा रहेको समेत बताए । पूरै विश्व एकसाथ यस महामारीको चपेटामा भएकाले हामीले एकसाथ मिलेर एकमत भएर यस समस्याबाट बाहिर निस्कनुपर्ने उनले बताए ।

तर मुख्य समस्या यो पनि छ कि, यसबाट बाहिर निस्कनका लागि व्यवहारिक तरिका के हुनसक्छ? यसबाट बच्नका लागि तीव्र रुपमा काम गर्न आवश्यक छ । हामी विस्तारै विस्तारै सही दिशामा अगाडि बढिरहेका छौँ, भाइरसलाई हराउनु र मानिसहरुलाई सहायता प्रदान गर्ने हो भने हामीले अरु पनि धेरै केही गर्नुपर्ने हुन्छ ।

महासचिव गुटेरेसले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी रुपमै अझ कडा र प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । यसैगरी कोरोना भाइरस संक्रमण स्वास्थ्य संकट मात्रै नभई यो मानव संकट पनि भएकाले संक्रमणले समाजको केन्द्रमा प्रहार गरेको उनले बताए ।

गुटेरेसले भने, यसका लागि विकसित देशहरुले विकासशील राष्ट्रहरुलाई मद्दत गर्नुपर्ने हुन्छ । यदि यस्तो भएन भने कोरोना विश्वको दक्षिणी भागमा जंगलमा लागेको आगो जस्तै तीव्र रुपमा फैलिनेछ । लाखौँ मानिसहरुको मृत्यु हुनेछ । जुन स्थानमा यसलाई रोकिएको छ, त्यहाँ संक्रमण फेरि दोहिरिने सम्भावना रहन्छ । भाइरसको ट्रासमिशन रोक्नका लागि परीक्षण, मामलाको ट्रेसिंग, क्वारेन्टाइन र उपचारको क्षमता बढाउनुपर्ने हुन्छ । तर यसका लागि उपचारमा खटिएका मानिसहरु पनि सुरक्षित रहनुपर्छ भन्ने कुरालाई मुख्य रुपमा ध्यान दिन जरुरी छ ।

कोरोनाको संक्रमण अहिले विश्वका करिब २ सय मुलुकमा फैलिइसकेको छ । चीनबाट सुरु भएको भाइरसबाट पछिल्लो समय सबैभन्दा धेरै अमेरिका र इटालीका मानिसहरु तीव्र रुपमा संक्रमित भइरहेका छन् । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।