सो अवधिसम्ममा १ लाख ९४ हजार २६० जना संक्रमित निको भएर घर फर्किसकका छन्। यो कूल बन्द भएका केसहरुमध्येको ८० प्रतिशत हो। यस भाइरसबाट हालसम्ममा ४७ हजार २२३ जनाको मृत्यु भइसकेको छ।
संक्रमितमध्ये अहिले ६ लाख ९४ हजार ९८ केसहरु एक्टिभ छन्। जसमध्ये ९५ प्रतिशत अर्थात ६ लाख ५८ हजार ६२० जनाको अवस्था सामान्य छ भने बाँकी ५ प्रतिशत अर्थात ३५ हजार ४७८ जना नाजुक अवस्थामा रहेका छन्।
सो अवधिसम्ममा अमेरिकामा सबैभन्दा बढी संक्रमित रहेका छन्। अमेरिकामा सो अवधिसम्ममा यस भाइसरबाट २ लाख १५ हजार ८१ जना संक्रमित भइसकेका छन्। सोमध्ये ५५ हजार १०९ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ८७८ जना निको भइसकेका छन्। यसैगरी, इटाली र स्पेनमा संक्रमित संख्या १ लाख नाघेको छ।