मुख्यमन्त्री पौडेलको सन्देशः आजदेखि हेटौंडाबाटै परीक्षण

Apr 02, 2020 08:42 AM RSS

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज (चैत २० गते) देखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताएका छन्।

आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण परीक्षण गरिने तयारी सकिएको बताएका हुन्। उनले सो ल्याबबाट प्रत्येक दिन ७५ वटासम्म नमूनाहरु परीक्षण गर्न सकिने उल्लेख गर्दै ल्याबका आवश्यक सबै सामग्री र जनशक्ति हेटौंडा आइपुगीसकेको र मेसिनहरु जडान गर्ने कार्य सकिएको जानकारी दिए।

मुख्यमन्त्री पौडेलले संसार कोरोनाको त्रास भइरहेको बेला नेपाल सरकारले चालेको दुरदर्शी तथा सबैभन्दा प्रभावकारी कदमका कारण देशमा कोरोना भित्रिएर पनि फैलनबाट भने उल्लेख गरे। “हामीलाई विश्वास छ देशमा भएका सबै कोरोनाका संक्रमितहरु केहीदिन भित्र स्वास्थ्य लाभ गरी फर्कनेछन् र फेरी एक पटक हामी कोरोना भाइरसलाई नेपाली माटोबाट विदाई गर्ने छौं” सन्देशमा उल्लेख छ।

पौडेलले सन्देशमा विदेशबाटै कोरोना संक्रमित भएर आएका बाहेक स्वदेशमा कसैलाई पनि संक्रमण फैलन नदिनुलाई कसैको कृपासंग जोडेर हेर्नु भनेको नेपाली स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अहोरात्र खटिएका सरकारका विभिन्न निकायका व्यक्तित्वको योगदानको अवमूल्यन गर्नु हो भनेका छन्। “कुनैपनि बेला कोरोना फैलनसक्ने सम्भावना जिवित नै छ। छिमेकी देश भारतमा नेपालको सिमासम्म कोरोना फैलिसकेको अवस्थामा हामी सचेत र सावधान हुनु आवश्यक छ। प्रदेश सरकारले प्रदेशमा कोरोना संक्रमण फैलन नै नदिने गरी तयारी गरेको छ र यदि फैलिहाले त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण तयारी सकिएको जानकारी गराउँदछौँ” मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गरेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।