महालक्ष्मी लाइफका सीईओले दुई महिनाको तलब रोकथाम कोषमा जम्मा गर्ने

Apr 02, 2020 11:56 AM Merolagani

महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको तलब भत्ता जम्म गर्ने घोषणा गरेका छन् ।

 

सरकार मात्रको साधन स्रोत र प्रयासले कारोना भाइरसको महामरी नियन्त्रण गर्न संभव नभएकोले नागरिक समुदाय, संघ संस्था, अन्तिर्राष्ट्रिय समुदायबाट समेत सरकारले सक्दो सहयोगको अपेक्षा गरेको जनाउदै उनले उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।

उक्त सहयोग रकमको चेक लकडाउन खुलेपछि नेपाल सरकारलाई हस्तातरण गर्ने उनले जनाएका छन् ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।