कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको रकम सहि सदुपयोग हुन्छ; अर्थमन्त्री

Apr 02, 2020 03:24 PM Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोकथाम, निण्न्त्रण तथा उपचार कोषको रकम सहि सदुपयोग हुने बताएका छन् । बिहीबार मन्त्रालयमा भएको एक कार्यक्रम बोल्दै उनले कोषमा जम्मा हुने रकमको सहि सदुपयोग हुने बताएका हुन् ।

उनले कोषको खाता संचालन महालेखा नियन्त्रकको कार्यलयले गर्ने जानकारी गराउदै कोषमा जम्मा हुने रकम पारर्दशी ढंगबाट खर्च हुने बताए । 'कुनै पनि मन्त्रालयले कोषको रकम खर्च गर्नको लागि अर्थ मन्त्रालयमा लिखित पत्र पठाउनु पर्ने हुन्छ र अर्थ मन्त्रालयले निकासाको आदेश दिएपछि मात्रै महालेखा नियन्त्रकको कार्यलयबाट भुक्तानी हुन्छ,' उनले भने ।

कोषमा जम्मा भएको रकम मन्त्रीपरिषदको कार्यलयबाट पारर्दशी रुपले सार्वजनिक गरिने पनि उनले जानकारी गराए ।

कोषमा जम्मा भएको रकम कोष संचालन कार्यविधिको आधारमा खर्च हुने प्रष्ट पारे । कोरोना भाइरससंग सम्बन्धित औषधी तथा उपकरणहरुको खरिद, क्वारेन्टाइनको स्थापना, अस्पतालहरुको उपकरण स्तरोन्नती र संक्रमित व्यक्तिको उपचारमा समेत खर्च हुने उनले जानकारी गराए ।

सरकारले राष्ट्रिय वाणिज्य बैंकमा ५० करोड रुपैयाँको कोरोना रोकथाम, निण्न्त्रण तथा उपचार कोष स्थापना गरेको छ । उक्त कोषमा नेपाल सरकारका मन्त्रीहरुले पनि चैत महिनाको तलब कोषमा जम्मा गर्ने जनाएको छ ।

यस्तै आजै नेपाल आयल निगमले पनि कोषमा ५० करोड रुपैयाँ जम्मा गर्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।