लकडाउन तोड्नेलाई तत्कालै गोली ठाेक्न फिलिपिन्सका राष्ट्रपतिको आदेश

Apr 02, 2020 04:35 PM Merolagani

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विश्वभर विभिन्न प्रकारका प्रतिबन्धहरु लगाइएको छ । यसैबीच फिलिपिन्सका राष्ट्रपतिले विवादित बयान दिएका छन् । 

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले जोकोहीले पनि कोरोना भाइरसबाट बच्नका लागि लगाइएको लकडाउनको पालना गर्दैन भने उसलाई तत्कालै गोली मार्न भनेका छन् ।

उनले आफ्नो सरकार र प्रहरी प्रशासनलाई आदेश दिदैँ भनेका छन्, जोकोहीले पनि लकडाउनको उल्लघंन गरेको भेटियो वा कुनै समस्या सिर्जना गरायो भने उसलाई तुरुन्तै गोली मारियोस् ।

दुतेर्तेले आफ्नो देशका सुरक्षाबललाई उक्त आदेश दिदैँ यो पूरै देशका लागि चेतावनी भएको समेत बताए । उनले भने, यो समय सरकारको आदेशको पालना गरौँ, कुनै पनि स्वास्थ्यकर्मी, डाक्टरलाई नोक्सान नपुर्याउ । यो एउटा गम्भीर अपराध हुनेछ । त्यसैले म प्रहरी र सुरक्षाबललाई आदेश दिन्छु कि, लकडाउनका क्रममा समस्या सिर्जना गर्नेलाई गोली मार्देउ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।