नेपालमा पुनः एक जना थपियो कोरोना संक्रमित,६५ बर्षीया बृद्धामा देखियाे

Apr 02, 2020 04:34 PM Merolagani

नेपालमा कोरोना संक्रमितको संख्या थपिएको छ। चैत २० गते बिहीबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो।

यससँगै संक्रमितको संख्या ६ पुगेको छ। संक्रमित व्यक्ति चैत ४ गते विदेशबाट आएका थिए। हालसम्म संक्रमित व्यक्तिको नाम, वतन खुलाइएको छैन। तर उनी बागलुङबासी भएकाे बताइन्छ । उनी ६५ बर्षीया महिला भएकाे पनि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै जनकारी दिएकाे  छ ।

यस अघि संक्रमित बाग्लुङकी युवतीले आफुसँगै यात्रामा आफ्नी हजुर आमा पनि बिदेशबाट आएकाे एक टेलिभिजनमा बताएकी छिन । हजुर आमा नयाँ संक्रमित हुन या हाेइनन् खुलाइएकाे छैन ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।