कर्मचारी सञ्चय कोषबाट कोरोना नियन्त्रण कोषमा ५ करोड सहयोग

Apr 04, 2020 10:43 AM Merolagani

कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग गरेको छ ।

कर्मचारी सञ्चय कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकारको 'कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष'मा ५ करोड रूपैंया प्रदान गरेको हो ।

कर्मचारी सञ्चय कोषको संचालक समितिको अध्यक्षमा रामशरण पुडासैनीलाई नेपाल सरकारले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै बुधबार बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि उक्त सहयोग गरेको हो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।