बिश्व शेयर बजारः कुन स्टक एक्सचेञ्जमा काेराेनाकाे धेरै असर?

Apr 07, 2020 09:03 AM merolagani

कोरोना संक्रमणका कारण गएको एक महिनामा बिश्व शेयर बजार प्रतिकुल असर परेको छ । बिश्व शेयर बजार गत एक महिनामा पाँच प्रतिशत देखि करिब तीस प्रतिशत सम्म घटेका छन्। 

बिश्वको प्रमुख शेयर बजारमा सबैभन्दा बढी २९.०४ प्रतिशतले ब्राजिलको शेयर बजार बोबेस्पा घटेको छ । सबैभन्दा कम स्विजरल्याण्डको एसएमआइ ५.०८ प्रतिशत मात्रै घटेको छ। शनिबार सम्म भएको कारोबारको आधारमा यस्तो देखिएको हो।

ब्राजिल पछि अमेरिका, भारत , अष्ट्रिया, हङ्गेरि, स्पेन, इटली, फिल्पिन्स र मेक्सिको सबैभन्दा धेरै घट्ने १० स्टक एक्सचेन्जमा क्रमस परेका छन् । कोरोनाको प्रभाब धेरै रहेका अमेरिका, इटलि र स्पेनका बजार सबैभन्दा बढी घट्ने १० शेयर बजार भित्र परेका छन् । अमेरिकाको स्मल क्याप २००० २७.५३ प्रतिशत , इटलिको एफटिएसइ २१.२३ प्रतिशत र स्पेनि बजार २१.४२ प्रतिशतले ओरालो लागेका छन् । तर कोरोना सुरु भनिएको देश चिनका शेयर बजार भने आठ प्रतिशत देखि १२ प्रतिशत मात्रै घटेका छन्।

कोरेनाको प्रभाबले लगानीकर्ता अत्तालिनु र ती देशका अर्थतन्त्रमा लाग्न सक्ने धक्काका कारण शेयर बजार तिब्र गतिमा घटेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। तर बिश्वका शेयर बजार पछिल्लो समय भने थोरै सम्मालिएका छन्। बिश्व शेयर बजार घट्ने क्रम अझै रोकिएको छैन। तर घट्ने अंक भने साघुरिन थालेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। यस अघि सुरुवाती दिनहरुमा असाध्यै घटेका कारण बिश्व शेयरमा दैनिक जसो घट्दो क्रमको सर्किट लगाउनु परेको थियो । तर यतिबेला यस्तो उपकरणको प्रयोग गर्नु परेको छैन ।

यदपि केहि स्टक एक्सचेन्जहरुले कारोबार समय घटाएका छन् भने केहि बजार बन्द गरिएका छन् । केहिले सर्किट ब्रेकरको नियम परिबर्तन समेत गरेका छन् । जसले गर्दा बजार फराकिलो अंकले घट्न बाट रोकिएको बताइएको छ ।

छिमेकि राष्ट्र हरुका बजार अझै बन्द रहेका छन्। बंगलादेश, श्रीलङ्का , भुटान, पाकिस्तान लगाएतका शेयर बजार अझै बन्दै रहेका छन्। पाकिस्तानको बजारमा बिदेशि लगानीकर्तालाइ प्रबेश दिइएको छैन। उसको वेभसाइट यतिबेला डाउन भएको छ । उसले बिदेशि मुलुकलाइ उक्त साइट भिजिटमा रोक लगाएको छ।

काेराेना भाइरसकै कारणा नेपाल स्टक एक्सचेञ्ज पनि गत दुइ सातादेखि बन्द छ। बन्द हुनुभन्दा केहि दिन पहिले नेपाल स्टक एक्चेञ्जमा पिन भारी गिरावट अाएकाे थियाे।

 

 

 
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।