प्रधानमन्त्री ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुन सक्ने बताउदै यो अवधिमा थप संक्रमित देखिने मात्र नभएर समुदायमा संक्रमण फैलन जोखिम रहेको समेत बताए ।
त्यसैलाई अहिले अनेक बहानामा नअल्झिएर कोरोना भाइरस विरुद्ध लड्न सरकारले लकडाउनको अवधि थप ८ दिनको लागि थप गरेको बताए ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले पहिलो व्यक्तिको संक्रमण पहिचान भएदेखि सबैको साझा प्रयत्नले संक्रमितको संख्या ९ जनामा मात्र सीमत गर्न सकिएको भएपनि नेपाल अझैं उच्च जोखिममा रहेको जानकारी गराए ।
उनले याे बिपतकाे समयमा सरकारले गरेकाे हरेक निर्णयमा नकारात्मक रूपमा नहेर्न संचार जगतलाइ पनि अाग्रह गरे । प्रधानमन्त्रीले भने, सरकारले भ्रष्ट्राचार गर्दैन र गर्नेलाइ पनि छाडदैन । उनले पछिल्लाे समय सामाजिक सन्जाल र संचार क्षेत्रमा अाएका कुराहरूबाट अाफु बेखवर नरहेकाे भन्दै ती बिषय सरकारलाइ तेजाेवध हुने गरी अाएकाे भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले लक डाउनकाे समयमा सीमा बन्द हुने भएकाले सीमा पारी रहेका नेपाली जनताकाे भारतमै र नेपालमा रहेका भारतीयकाे नेपालमै सुरक्षित रूपले राखिने बताए ।
सम्बाेधनकाे क्रममा प्रधानमन्त्रीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरूले बिषम परिस्थितमा काम गरिरहेकाेमा धन्यवाद व्यक्त पनि दिए ।