एशियामा चामलको मूल्य सात वर्षयताकै उच्च,एक हप्तामै १२ प्रतिशतले महंगियो

Apr 08, 2020 05:36 PM Merolagani

कोरोना भाइरसका कारण चामल र गहुँको मूल्यमा उछाल आएको छ । योसँगै एशियामा चामलको मूल्य ७ वर्षयताकै उच्च स्तरमा पुगेको छ । 

राइस एक्सपोटैर्स एसोसिएशनका अनुसार, चामलको मूल्य २५ मार्चदेखि १ अप्रिलका बीचमा १२ प्रतिशतले बढिसकेको छ । रोयटर्सका अनुसार, अप्रिल २०१३ पछि चामलको मूल्य सबैभन्दा उच्च स्तरमा पुगेको हो ।

पर्याप्त आपूर्तिका बाबजुद भण्डारण अत्याधिक रुपमा भइरहेकाले चालमको मूल्य अत्याधिक रुपमा बढेको बताइएको छ । भारत र भियतनामबाट आपूर्तिमा समस्या भएका कारण थाई चामलको माग बढ्ने अपेक्षा पनि रहेको छ ।

इन्टरनेशनल पोटेटो सेन्टर एशियाका रीजनल डाइरेक्टरका अनुसार, कोरोनाका कारण अरु क्षेत्रजस्तै कृषि क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ ।

विश्वमा आपूर्ति हुने चामलको ९० प्रतिशत उत्पादन एशियामा हुने गर्दछ । लकडाउनका कारण कामदारहरु नभएकाले भारतका चामल व्यापारीहरुले आपूर्तिको नयाँ कन्ट्रयाक्ट लिइरहेका छैनन भने भियतनाम सरकारले पनि आपूर्ति घटाएको छ । जसका कारण चामलको मूल्य तीव्र रुपमा बढ्न पुगेको हो ।

विश्वभरमा चामलको मात्र नभई गहुँको मूल्यमा पनि उछाल आएको छ । उत्तरी अमेरिका र यूरोप सहित कयौँ देशहरुमा लकडाउनका कारण गहुँको माग बढेको छ । यस्तोमा मार्चको दोस्रो हप्तामा गहुँको मूल्यमा १५ प्रतिशतको बढोत्तरी आएको छ ।

विश्लेषकहरुका अनुसार आगामी दिनहरुमा गहुँ र चामलको मूल्य अझैँ महंगो हुनेछ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।