हाम्रो स्वास्थ्यका लागि कुन मसला कति लाभदायक?

Apr 10, 2020 08:15 AM Merolagani

हजारौँ वर्षदेखी हामी विभिन्न प्रकारका मसलाहरु खानामा प्रयोग गर्दै आएका छौँ। विशेष गरी बेसार र खुर्सानीबारे पछिल्ला दशकमा व्यापक अनुसन्धान गरिएको छ र यी मसला खाइरहँदा स्वास्थ्यमा लाभ हुन सक्ने भएतापनि तिनका फाइदा र कारण तपाईँहरुले सोचेभन्दा फरक हुनसक्छ।

मसला हजारौँ वर्षदेखि हाम्रो आहारको हिस्सा रहिआएको छ। चिप्समा मरिचको धुलो छर्किने, अदुवा हालेको चियाको चुस्कि लिने र खानामा खुर्सानी थप्ने मानवीय स्वभाव नै हो। तर, केहि मसलाहरु दैनिक खानामा प्रयोगदेखि चिकित्सा प्रयोगमा समेत गुणकारी बन्दै गएको छ।

एक अध्ययनका अनुसार अमेरिकी नेतृ हिलारी क्लिन्टन रोगबाट बच्नका लागि हरेक दिन एउटा खुर्सानी खान्छिन्। एशियामा बेसारको प्रयोग शताब्दीदेखि चलिआएको छ। हालसालै विश्वका केहि कफी पसलहरुमा बेसारलाई गोल्डन लेट्सको रुपमा प्रयोग गरेको देखा परेको छ। केहि समय अघिमात्र भाइरल भएका केहि सन्देशमा बेसारले प्रतिरोधात्मक क्षमतालाई बढाई रोगसँग लड्न सक्ने दाबी गरिएको छ। दैनिक आहारमा मेपल सिरप, कागती र पानी पिउँदा शरिरको तौल कम गर्न सकिने अध्ययनहरुमा देखिएको छ। हामीले दैनिक खाने मसलाहरुले हाम्रो स्वस्थ्यमा लाभ कति दिन्छ? हामीलाई रोगबाट यसले कसरी मुक्त गर्छ? र तीमध्ये कुनले हामीलाई हानी गर्छ यहाँ प्रस्तुत गरिएको छ।

मरिच र खुर्सानी कति लाभदायक?

मरिच खुर्सानी मसलाहरुमध्येकै एक प्रचलित र व्यापक रुपमा प्रयोग हुने मसला हो। धेरै अध्ययनहरुले हाम्रो स्वास्थ्यमा यी मसलाको सम्भावित प्रभावहरुको परीक्षण गरेका छन्। तर यिनमा लाभदायक र प्रतिकुल दुबै परीणामहरु फेला पारेका छन्

खुर्सानीमा क्यापसेसिन मुख्य सक्रिय तत्व हो। जब हामी खुर्सानी खान्छौँ, क्यापसेसिन अणुहरुले हाम्रो शरिरमा तापक्रम रिसेप्टर्सहरुसँग अन्तक्रिया गर्दछन्, जसले तापक्रमको भावना सिर्जना गर्नका लागि संकेतहरु पठाउँछन्।

२०१९ मा एक इटालियन अध्ययनका अनुसार खुर्सानी कहिले नखाएकाको तुलनामा एक सातामा ४ दिन मरिच र खुर्सानीका साथ खाना खानेहरुलाई मृत्युको जोखिम कम हुन्छ। त्यस्तै २०१५ मा चीनमा अनुसन्धानकर्ताहरुले करिब ५ लाख चिनियाँ वयस्कहरुको खुर्सानी सेवन तथा स्वस्थ्यका आधारमा अनुसन्धान गर्दा खुर्सानी खानेलाई मुत्युको जोखिम कम रहेको पाएका थिए। मसला नखानेभन्दा प्राय: हर दिनजसो मसलादार खाना खानेलाई मृत्युको जोखिम १४ प्रतिशत कम हुन्छ।

'प्राय अनुसन्धानका अनुसार मसलायुक्त खाना खानेलाई क्यान्सर, मुटु रोग र स्वासप्रश्वासका रोगबाट हुने मृत्युको जोखिम कम हुन्छ,' हवार्ड स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ता तथा पोषणका प्रोफेसर लु कि भन्छन्।

यसको अर्थ यो होईन कि धेरै मात्रामा मसला र खुर्सानी खाँदा स्वस्थ रहन सकिन्छ वा छोटो अवधिका लागि स्वास प्रस्वाससँग सम्बन्धित रोगबाट बच्न सकिन्छ। रोगसँग लड्नका लागि यी मसलाको भरमा मात्र पनि बस्नुहुँदैन।

मसालादार खानाहरुका केहि सामाग्री, जस्तै क्यापसेसिनले मेटाबोलिक स्थिती सुधार गर्दछ जस्तै लिपिड प्रोफाइल, रगतमा कोलेस्ट्रोल र फुलिने अवस्था, जसले आंशिक रुपमा अध्ययनलाई थप बलियो बनाउन सक्छ।

यद्यपी धेरै खुर्सानीको सेवनले स्मरण गुमाउन सक्ने संभावना रहन्छ, अनुसन्धानकर्ता भन्छन्। क्यापसासिनले हामीलाई उर्जा दिनुका साथै भोक पनि कम गर्न पनि मद्दत गर्छ।

कतार विश्वविद्यालयको मानव पोषण विभागका सहयोगी प्राध्यापक ज्यूमिन शिले खुर्सानीको सेवनले मोटोपनको साथैे उच्च रक्तचापको जोखिम कम हुने बताएका छन्।

बेसारको प्रयोग फाइदाजनक छ?

मानिसको स्वास्थ्यका हिसाबले अर्का लोकप्रिय र फाइदाजनक मानिने मसला बेसार हो। करक्युमिनका लागि यो व्यापक रुपमा जिम्मेवार हुन्छ। करक्युमिन, बेसारमा पाइने सानो अणु जसको प्रयोग वैकल्पिक औषधीको रुपमा तनाव, सुनिएको अवस्था तथा अन्य रोगका लागि गरिन्छ।
तथापी बेसार लाभदायक छ भन्ने बलियो प्रमाणको अभाव भएको पाइन्छ। प्रयोगशालामा करक्युमिनले क्यान्सर विरोधी प्रभाव पारेको कैयन अध्ययनमा पत्ता लागेको छ। तर प्रयोगशालाको वातावरण मानविय शरीरभन्दा धेरै फरक हुन्छ। र, करक्युमिनमा पानीको घुलनशिलता न्युन हुन्छ, अर्थात शरीरले पाएको बेसारको उचित उपयोग हुँदैन।

पश्चिमा देशहरुका मध्यम युगमा मसला खानाको गुण सन्तुलनका लागि प्रयोग गरिन्थ्यो। मानिसहरुले खानालाई तातो, चिसो, सुख्खा गुणहरुसँग सन्तुलन गराउन चाहन्थे। जस्तै, माछालाई चिसो र भिजेको मानिन्थ्यो र तातो र सुख्खा मसला राखेर पकाइन्थ्यो।

भारतमा हजारौँ वषैदेखि मसलायुक्त खानालाई औषधिको रुपमा प्रयोग गरेको पाईन्छ। तातो र चिसो, सुख्खा र भिजेको खाना जस्ता गुणहरुलाई सन्तुलित राख्ने र आयुर्वेदिक औषधीको रुपमा मसलाहरुको प्रयोग गरेको पाईन्छ।

अनुसन्धानकर्ताका अनुसार करक्युमिनले आफैमा विशेष केहि गर्दैन। करक्युमिन एक भयानक ड्रग अणु हो अर्थात शरिरले एकपटक यसलाई पचाएपछि फेरी प्रयोग गर्न सक्दैन। र यो सानो आंतले सजिलैसँग अवशोषित पनि गर्न सक्दैन। त्यस्तै यसको संरचना परिमार्जन गर्न सकिन्छ जब यो साना वा ठुला आंतमा प्रोटिनसँग बाँधिन्छ।

अनुसन्धानकर्ताका अनुसार बेसारमा केहि लाभदायक छ तर त्यो करक्युमिन होइन। यसका साथै यदि बेसार खानाको भागको रुपमा पकाइन्छ भने यो अन्य खानाका साथ जोडिन्छ, तताईन्छ, त्यसैले यसको रासायनिक तत्वहरु परिवर्तन हुन्छ।

अनुसन्धानकर्ता भन्छन्, 'धेरै बेसार खानु हानिकारक हुँदैन तर औषधीको रुपमा प्रयोग गर्नका लागि पनि सल्लाह दिँन सकिँदैन।'

केहि अध्ययनले मसाला आफैमा फलदायक नभएर मसालायुक्त खाना खाँदा उक्त खानाको तत्वका कारण फाइदाजनक हुने बताइएको छ। जस्तै, तरकारीमा मसला प्रयोग गरिन्छ र तरकारी मानिसको शरीरको लागि फलदायक छ। सोहि कुरा फलफूलमा पनि लागु हुन्छ।

मासुमा मसलाको प्रयोग गर्दा छिटै नबिगर्ने भएकाले पनि अप्रत्यक्ष रुपमा शरीरको लागि फाइदाजनक अथवा कम हानिकारक भएको तर्क पनि अनुसन्धानकर्ताहरु गर्छन्।

'केहिले मसला नुनको विकल्प पनि हुनसक्छ। मसलाले खाना स्वादिष्ट बनाउँछ र नुनको स्वस्थ विकल्प पनि हुन सक्छ,' अनुसन्धानकर्ता लिपी रोय बताउँछिन्। मसला प्राय नुनको विकल्पमा प्रयोग गरिन्छ, जसको अर्थ मानिसको स्वास्थ्य लाभ मसला आफैबाट नभई सोडियमको कमी गर्दा हुन्छ।

त्यसैले, तरकारीमा केहि मसलाको प्रयोग गर्न उचित हुन्छ तर रोगसँग लड्नका लागि मसलामा निर्भर भने रहन हुँदैन।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।