करिब तीन हजारको नमुना परिक्षण सकियो :स्वास्थ्य मन्त्रालय

Apr 09, 2020 05:20 PM Merolagani

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को आशंका गरिका ३ हजारको नमुना परीक्षण भएकाे जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले आज बिहीबार सम्ममा ३ हजार बढी नमुना परिक्षण भएकाे बताएका हुन् ।

उनले हाल सम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ हजार २८२ र उपत्यका बाहिर ५१३ गरी २ हजार ८९५ परिक्षण गरेको बताए । १९३ नमुना परिक्षण भइरहेको जानकारी गराउदै उनले बिहीबार सम्ममा ३ हजार नमुना परिक्षण सकिने बताएका हुन् ।

प्रवक्ता देबकोटाका अनुसार आईसोलेसनमा उपत्यकामा १८ र उपत्यका बाहिर ९९ गरी ११७ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार ९४० जना रहेका छन् ।

यस्तै कैलाली र कञ्चनपुरमा गरिएका आरडीटीको ६४ वटाको परिक्षण सकिएको बताउदै सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी गराए ।  डढेलधुरा र बैतढीमा पनि नमुना संकलनको लागि टोली खटाइएको पनि उनले जानकारी गराए । यस अघि हिजो मात्रै अछाम र जुम्लामा पनि नमुना संकलको लागि सरकारले टोलि पठाएको थियो । 

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ९ पुगेको छ । त्यस मध्ये एक जना निको भएर फर्किसकेका छन् । बाँकी आठ जना मध्ये धनगढीमा ४, बागलुङमा २ र टेकु अस्पतालमा २ जना उपचार भएरहेको प्रवक्ता देवकोटाले जानकारी गराए । डब्ल्युएचओको मापदण्ड अनुसार संक्रमितको सम्पर्कमा रहेको सबैको कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न भइसकेको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको उनले जनाकारी गराए ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।