रुसले उर्जा बजारमा तीव्रता ल्याउनका लागि प्रमुख उत्पादक देशसँगको वैठकभन्दा पहिले आफू तेल उत्पादनमा कटौतीका लागि तयार रहेको बताएको छ । योसँगै तेलको मूल्य बढ्न पुगेको हो ।
बिहीबार ब्रेन्ट क्रुड ३ प्रतिशतले बढेर प्रतिब्यारेल ३३.९५ डलर पुगेको छ । विश्वव्यापी आपूर्तिबाट एक दिनमा एक करोड ५० लाख ब्यारेलसम्मको कटौती हुने अपेक्षासँगै तेलको मूल्यमा उछाल देखिएको हो ।
ओपेक, ओपेकका उत्पादक र रुस सहितका सहयोगी राष्ट्रहरु बीच बिहीबार भिडियो कन्फरेन्सका माध्यमबाट आयोजना गर्ने भनिएको वैठकमा प्रमुख तेल उत्पादकहरुले उत्पादन कम गर्न सम्झौता गर्छन् भन्ने अपेक्षासँगै वैठकभन्दा पहिले तेलको मूल्यमा उछाल देखिएको हो ।
मार्चमा ओपेकद्धारा तेलको उत्पादन कटौतीमा सम्झौता हुन नसकेपछि तेलको मूल्यमा उच्च रुपमा गिरावट आएको थियो ।
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया र रुसले उनीहरुबीचमा रहेको रहेको झगडा अन्त्य गर्ने संकेत देखाएको बताएका थिए । योसँगै तेलको मूल्यमा २० प्रतिशतको उच्च बढोत्तरी देखिएको थियो । एजेन्सी