प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेज डिलिट

Apr 09, 2020 10:25 PM Merolagani

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेज डिलिट भएको छ । काठमाडौं उपत्यकाबाट शुक्रबार र शनिबार बाहिरी जिल्ला जान आवागमन खोल्ने सुचना लिक भएर विवादमा तानिएको उक्त पेज एकाएक डिलिट भएको हो ।

फेसबुकद्वारा प्रमाणित उक्त पेज अहिले फेसबुकमा खोज्दा नभेटिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले शुक्रबार र शनिबार जिल्ला बाहिर जान आवागन खुला गर्ने निर्णय गरेको थियो ।

 

उक्त निर्णय प्रधानमन्त्री कार्यालयको हाल हटाइएको फेसबुक पेजबाट सार्वजनिक भएको थियो । गृहमन्त्रालयले आवागमन खोल्ने निर्णय नभएको र आएका सबै समाचार भ्रमपुर्ण प्रचार भएको विज्ञप्ति निकाले पछि पेजको सूचना सच्याइएको थियो । स्थानीय तह र प्रदेश सरकारले नमान्ने भए पछि निर्णय सच्याइएको पेजको अपडेट सूचनामा भनिएको थियो ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले सञ्चार माध्यमले कपोकल्पित भ्रम छरेको भन्दै फेसबुकमा स्ट्याटस लेखेपछि सञ्चार माध्यमले सोही पेजको सूचना स्क्रीनसट सार्वजनिक गरेका थिए । सरकारको गलत निर्णयले जनताले दुःख पाएको भन्दै चौतर्फी आलोचना भएपछि उक्त पेज डिलिट भएको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।