कोभिड १९ अपडेटः १६ लाखभन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या १ लाख नजिक

Apr 10, 2020 08:13 AM Merolagani

विश्वभर कोभिड १९ बाट संक्रमित हुनेको संख्या १६ लाख नाघेको छ। अप्रिल १० (०१ः३८ जीएमटी) सम्ममा कूल १६ लाख ३ हजार ७१९ जना यस भाइरसबाट संक्रमित भइसकेका छन्।

यससँगै यस भाइरसका कारण मृत्यु हुनेको संख्या ९५ हजार ७२२ पुगेको छ। सो अवधिसम्ममा ३ लाख ५६ हजार ६५५ जना व्यक्ति निको भएर घर फर्किसकेका छन्।

हाल उपचारारत ११ लाख ५१ हजार ३४२ मध्ये ११ लाख २ हजार २१५ जनाको अवस्था सामान्य रहेको छ भने बाँकी ४९ हजार १२७ जनाको अवस्था नाजुक रहेको छ।

यस अवधिसम्ममा अमेरिकामा संक्रमितको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ भने स्पेनमा १ लाख ५३ हजार पुगेको छ। जसमध्ये अमेरिकामा १६ हजार ६९१ जना र स्पेनमा १५ हजार ४४७ जनाको मृत्यु भएको छ।

अप्रिल ९ तारिखमा मात्रै विश्वभर ८५ हजार २०० जना नयाँ संक्रमित फेला परेको थियो। सो दिन कूल ७ हजार २३४ जनाको मृत्यु भएको थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।