एटीएम गएर आएका ३ जनाका कारण २८ जना परे यस्तो समस्यामा

Apr 24, 2020 09:37 AM Other source

भारतको गुजरातमा एटीएम गएका आएका ३ जनाका कारण अन्य २८ जना समस्यामा परेका छन्। गुजरातको बडोदरामा एटीएम गएर आएका ३ भारतीय सैनिकमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुसँग सम्पर्कमा आएका २८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

प्रारम्भिक जाँच अनुसार ती ३ जवानले एकै एटीएम बुथ प्रयोग गरेको बताइएको छ। उनीहरुले एकैदिन सो बुथबाट पैसा निकालेका थिए। सोही एटीएमका कारण नै उनीहरु कोरोना संक्रमित भएको आशंका गरिएको छ।

उनीहरुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका अन्य २८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरु कोरोना टेष्ट गराइनेछ।

कोरोना भाइरस विश्वभर नै तिव्र गतिमा फैलिरहेको छ। भारतमा पुलिस, सुरक्षाकर्मीका साथै सेनामा पनि यसको प्रभाव परेको छ। यसभन्दा अघि महाराष्ट्रमा एक नेभी सेनामा पनि कोरोना पोजेटिभ देखिएको थियो। एजेन्सीको सहयोगमा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।